बुलिङटार ११ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकामा आजदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्य औपचारिक रूपमा शुभारम्भ भएको छ।

गाउँपालिकाको वडा नम्बर १ बाट यो सेवाको सुरुवात गरिएको हो ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लाभग्राहीहरूलाई सहज, व्यवस्थित र पारदर्शी रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यले यो वितरण कार्य सुरु गरेको जनाएको छ ।

गाउँपालिका कार्यालयले सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूलाई तोकिएको समय र स्थानमा आफ्ना आवश्यक कागजातहरू सहित उपस्थित भएर सेवा लिन अनुरोध गरेको छ। साथै, भत्ता वितरण कार्य सुरु भएको अवसरमा गाउँपालिका परिवारले सम्पूर्ण लाभग्राहीहरूमा शुभकामना समेत व्यक्त गरेको छ ।






