नवलपुर, १३ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. ३ मा आर्थिक वर्ष २०८३/८४ को चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।


गाउँपालिका तथा वडा कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार लक्षित वर्गका नागरिकहरूलाई पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रारम्भ गरिएको हो ।


वडा कार्यालयका अनुसार ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका तथा अन्य लक्षित समूहका लाभग्राहीहरूलाई प्राथमिकताका साथ व्यवस्थित रूपमा भत्ता वितरण गरिने योजना बनाइएको छ।भत्ता वितरणलाई सहज र झन्झटमुक्त बनाउन वडाले आवश्यक तयारी गरेको र सबै लाभग्राहीहरूलाई समयमै उपस्थित भई आफ्नो भत्ता बुझ्न समेत वडा कार्यालयले अनुरोध गरेको छ ।






