बुलिङटार १५ साउन । नवलपरासी (ब.सु.पु.)भौगोलिक रूपमा विकट मानिने बुलिङटार गाउँपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ ।


वडा कार्यालयले गाउँमै सेवा उपलब्ध गराएपछि स्थानीय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरू निकै खुसी भएका छन्।विकट भूगोलका कारण बैंकसम्म पुग्न निकै सास्ती खेप्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस पटक वडा कार्यालयमै भत्ता वितरणको व्यवस्था मिलाइएको हो ।


भत्ता लिन वडा कार्यालय पुगेका स्थानीयहरू गाउँमै सरकार आएको महसुस भएको बताउँछन् । वडा कार्यालयका अनुसार नागरिकहरूको सहजताका लागि आगामी दिनमा पनि यस्ता सेवाहरूलाई अझ सरल र प्रभावकारी बनाउँदै लगिनेछ ।






