Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अस्पताल भवनको आवासीय प्रयोगबारे गाउँपालिकाको स्पष्ट सन्देश: ‘सेवा प्रवाहलाई सहज बनाउन अस्थायी व्यवस्था’

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन १७ | बिहान ०९:०४ बजे

बुलिङटार १६ साउन । बुलिङटार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, सिङ्गुवाको नयाँ भवनको दोस्रो तलाका केही कोठा स्वास्थ्यकर्मीको अस्थायी आवासका रूपमा प्रयोग गरिएको विषयमा स्पष्टिकरण दिएको छ ।

सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर विभिन्न टिप्पणीहरू आएपछि गाउँपालिका, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य चौकी प्रमुख तथा अस्पताल प्रशासनले संयुक्त रूपमा ध्यानाकर्षण जनाउँदै हालको व्यवस्था पूर्ण रूपमा अस्थायी भएको जनाएको हो ।

arkhala ads

गाउँपालिकाका अनुसार नयाँ भवनबाट स्वास्थ्य सेवा सञ्चालन सुरु भइसके पनि पुरानो भवनमा रहेका स्वास्थ्य सामग्री, उपकरण तथा अन्य व्यवस्थापन एकैपटक स्थानान्तरण गर्नुपर्ने अवस्था र नयाँ भवनमा तत्काल पर्याप्त भौतिक स्थानको अभावका कारण प्रयोगशाला, आकस्मिक सेवा लगायतका केही सेवा विद्यालयका भवनबाट अस्थायी रूपमा सञ्चालन भइरहेका छन् ।

त्यस्तै, आकस्मिक अवस्थामा मेडिकल अधिकृत तत्काल उपलब्ध हुनुपर्ने तथा रातिको समयमा ड्युटीमा रहने स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन अस्पताल भवनको दोस्रो तलाका केही कोठा अस्थायी आवासका रूपमा प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ। यस व्यवस्थाले स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि छुट्टै आवास निर्माण गर्ने योजना रहेको जानकारी दिँदै त्यसपछि अस्पताल भवनको सम्पूर्ण संरचना स्वास्थ्य सेवा र उपचारका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ ।

यसका साथै अस्पतालको भौतिक पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन, विद्यालय परिसरका संरचनाको मर्मत, सुरक्षा पर्खाल निर्माण तथा अन्य आवश्यक पूर्वाधार विकासका कार्यहरू क्रमशः अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै सम्पूर्ण नागरिक, सरोकारवाला निकाय तथा बुद्धिजीवीबाट सकारात्मक सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved