Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन १८ | मध्यान्ह ०५:०४ बजे
बुलिङटार १८ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा अवस्थित बुलिङटार गाउँपालिका वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
वडा कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा वडाभित्र रहेका लक्षित वर्गका लाभग्राहीहरूलाई चालु त्रैमासिक अवधिको भत्ता वितरण गरिएको हो ।
भत्ता वितरण कार्यक्रममा वडा नं. ६ (भारतिपुर) का ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, असहाय तथा अन्य योग्य लाभग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैंक तथा स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा लाभग्राहीहरूलाई सहज र सुरक्षित तवरले भत्ता रकम उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ ।
गाउँपालिकाले अशक्त तथा बैंकसम्म पुग्न नसक्ने नागरिकहरूलाई लक्षित गरी वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएकाले स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । भत्ता बुझ्न आएका एक ज्येष्ठ नागरिकले भने, “गाउँघरमै, आफ्नै वडा कार्यालयमा आएर सजिलैसँग भत्ता रकम बुझ्न पाउँदा निकै सजिलो भएको छ। बैंक धाउनुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटेको छ ।”
वडा कार्यालयका अनुसार राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालाई वास्तविक र लक्षित वर्गसम्म पारदर्शी रूपमा पुर्‍याउन स्थानीय सरकार प्रतिवद्ध रहेको छ। साथै, भत्ता प्राप्त गर्न बाँकी रहेका तथा नयाँ लाभग्राहीहरूलाई आवश्यक कागजातसहित नयाँ निवेदन दिन र पुराना लाभग्राहीहरूलाई तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा गर्न समेत वडा कार्यालयले अपिल गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved