Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पूर्व-पश्चिम राजमार्गमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन २८ | मध्यान्ह ०५:०४ बजे
देवचुली २८ साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका वडा नं. १७ झरहेखोला (बेल्डिया) मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बुधबार बिहान करिब १०:५५ बजे डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २३०३ नम्बरको बसले बेल्डियाबाट रजहरतर्फ आउँदै गरेको ग प्र ०४००२ प ४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनाको विवरण:
  • मृतक: स्कुटर चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. १२ बस्ने ३५ वर्षीय हेमलाल लामिछाने। उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा दिउँसो १२:३० बजे मृत्यु भएको हो।
  • घाइते: स्कुटरमा सवार स्याङ्जा रापाकोट बस्ने ६७ वर्षीय लीलाधर चापागाईं। उनको अवस्था गम्भीर छ र नयाँ मेडिकल कलेज चितवनमै उपचार भइरहेको छ।
प्रहरीले बस, स्कुटर र देवचुली नगरपालिका वडा नं. १४ बस्ने ४२ वर्षीय बस चालक ध्रुवनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved