Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेशमै पहिलो पल्ट हुप्सेकोट गाउँपालिकाबाटै मालपोत तथा नापी कार्यालयको सेवाको सुभारम्भ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन ३१ | मध्यान्ह १०:०४ बजे

हुपसेकोट ३१ साउन । नवलपुरको हुप्सेकोट गाउँपालिकाले पालिकाबाटै मालपोत तथा नापी कार्यालयको सेवा दिन सुरु गरेर यो सेवा सुरु गर्ने गण्डकी प्रदेशकै पहिलो पालिका बनेको छ ।
मालपोत तथा नापीबाट लिनुपर्ने सेवा पालिकाबाटै दिन सुरु गरिए पछि अब स्थानिय सर्वसाधारणलाई सदरमुकाम कावासोती धाउनु पर्ने शास्ती हट्ने भएको छ ।
यो सगैं हुप्सेकोट गाउँपालिका, पालिकामानै मालपोत तथा नापी कार्यालयको सेवा प्रवाह गर्ने गण्डकी प्रदेशमा नै पहिलो र देशैभरमा १०औं स्थानिय पालिका समेत बनेको छ ।
आइतबार मालपोत तथा नापी सेवा सुभारम्भ गर्दै अव पालिकामै घर जग्गा रजिष्ट्रेशन पास, अंशवण्डा, नामसारी, धितो रोक्का, धितो फुकुवा लगायतका काम र नापीमा हुने कित्ताकाट लगायतका सेवा समेत पालिकाबाटै लिन सकिने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, नापी कार्यालय प्रमुख पूर्णहरी सुवेदी, भुमी प्रशासन कार्यालय कावासोतीका निमित्त प्रमुख घनश्याम गाहा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पि. युवराज खड्का, शसस्त्र प्रहरी प्रमुख डि.एस.पि. संजीव पाण्डे लगायतको विषेश आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा पालिकाका उपप्रमुख पूर्ण सिं रानामगर, पालिकाको निवर्तमान उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल, पालिकाको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, नापी अधिकृत विकास सापकोटा, गाउँपालिकाका वडा अध्यक्षहरू कृष्ण बहादुर थापा (वडा नं. २), विष्णु राना मगर (वडा नं. ३), महेन्द्र पाण्डे (वडा नं. ४) लगायत स्थानिय एवं सरोकारवालाहरुको विषेश उपस्थिति रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved