Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बाँझो जग्गामा फलफूल र दलहन खेती: ढाँडबेसी टोल विकास संस्थाको उदाहरणीय कार्य

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ १ | बिहान ०६:०५ बजे
बुलिङटार ०१ नवलपुर। नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. १ स्थित ढाँडबेसी टोल विकास संस्थाले आफ्नो क्षेत्रमा एक उदाहरणीय कृषि कार्य सम्पन्न गरेको छ ।
संस्थाले बुलिङटार गाउँपालिकाको कृषि शाखासँग समन्वय गरी स्थानीय ‘थाम ढिक पाखा’ मा रहेको बाँझो जग्गाको सदुपयोग गरेको हो ।
उक्त बाँझो जग्गालाई उपयोगमा ल्याउन पहिलो चरणमा विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् ।
कृषि शाखाको प्राविधिक सहयोगमा त्यहाँ आँप, लिची, एभोकाडो र कटहरका बिरुवाहरू सफलतापूर्वक लगाइएको छ ।
फलफूलका बिरुवा रोपेसँगै उक्त जग्गालाई थप उत्पादनशील बनाउन टोलबासीहरू पुनः एकजुट भएका छन् ।
स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा सोही जग्गामा गहत, मास र बोडी जस्ता दलहन बालीका बीउहरू समेत छर्ने काम सम्पन्न गरेका छन् ।  यस्ता बहुवर्षीय फलफूल र अल्पकालीन दलहन बाली सँगै लगाउँदा जग्गाको सदुपयोग हुनुका साथै माटोको उर्वराशक्ति पनि बढ्ने गर्दछ ।
लामो समयदेखि प्रयोगविहीन रहेको पाखो जग्गालाई हरियाली र उत्पादनमुखी बनाउन ढाँडबेसी टोलबासी जनताले देखाएको सक्रियता र श्रमदान साँच्चै नै प्रशंसनीय छ । स्थानीय टोल विकास संस्थाले यस उदाहरणीय कार्यमा अहोरात्र खटिएर श्रमदान गर्ने सम्पूर्ण उत्साही ढाँडबेसी टोलबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद तथा आभार प्रकट गरेको छ ।
गाउँपालिकाको कृषि शाखा र स्थानीय जनताको यो संयुक्त प्रयासले आगामी दिनमा गाउँलाई फलफूल र खाद्यान्नमा आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved