Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

शिव माविको कमजोर नतिजा: शिक्षक र व्यवस्थापनको लापरबाहीप्रति अभिभावकको आक्रोश

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ ५ | बिहान ०६:०५ बजे

बुलिङटार ५ भदौ । नवलपुर जिल्लाको बुलिङ्टार–६, अत्रौलीस्थित श्री शिव माध्यमिक विद्यालयमा पहिलो त्रैमासिक परीक्षाको अत्यन्त कमजोर नतिजाप्रति अभिभावकहरूले गम्भीर आपत्ति जनाएका छन् । अभिभावकहरूको भनाइअनुसार, विद्यार्थी असफल हुनुको दोष विद्यार्थी र अभिभावकमाथि मात्र थोपरेर शिक्षक तथा विद्यालय व्यवस्थापन आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन ।
अभिभावकहरूका अनुसार शिक्षकहरू नियमित विद्यालय नआउने, अनावश्यक बिदा बस्ने, विद्यालयमा उपस्थित नभएको दिनसमेत हाजिरी मिलाउने, Lesson Plan बिना कक्षामा प्रवेश गर्ने, होमवर्क डायरी नियमित चेक नगर्ने र विद्यार्थीले पाठ बुझे/नबुझेको यकिन नगर्ने जस्ता समस्या छन् ।

कतिपय शिक्षकले विद्यार्थीको क्षमता, रुचि र कुन विधिबाट सिकाउँदा बच्चाले राम्रोसँग बुझ्छ भन्ने कुरा पहिचान नगरी एउटै शैलीमा पढाउने गरेको गुनासोसमेत अभिभावकहरूले गरेका छन् ।
त्यस्तै, विद्यार्थीको उमेर, मनोभावना, डर, रुचि र व्यक्तिगत सिकाइको अवस्थालाई बुझेर व्यवहार गर्नुपर्नेमा पर्याप्त ध्यान नदिने, कमजोर विद्यार्थीलाई थप समय र सहयोग नदिने तथा समयअनुसार नयाँ शिक्षण विधि र प्रविधिबारे आफूलाई अपडेट नगर्ने समस्या रहेको उनीहरूको भनाइ छ ।

arkhala ads

विद्यालयमा उपलब्ध कम्प्युटर, स्मार्ट बोर्ड तथा अन्य शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग नहुनु पनि गम्भीर विषय भएको अभिभावकहरूको धारणा छ ।
अभिभावकहरूका अनुसार विद्यालय समयमा मोबाइल तथा सामाजिक सञ्जालमा अनावश्यक व्यस्त हुने, शिक्षकहरूबीच आवश्यक सहकार्य र समन्वय नगरी गुटबन्दीमा अल्झिने जस्ता प्रवृत्तिले विद्यालयको शैक्षिक वातावरणमा समेत असर परेको छ ।
अभिभावकहरूको प्रश्न स्पष्ट छ—विद्यार्थीले नबुझेको अवस्थामा दोष विद्यार्थीको हो कि पढाउने तरिका परिवर्तन गर्न नसक्ने शिक्षकको? शिक्षकको जिम्मेवारी पाठ पढाएर मात्र पूरा हुँदैन; विद्यार्थीले वास्तवमै बुझे कि बुझेन, सिकाइमा कहाँ समस्या छ र कुन विधिबाट सिकाउँदा प्रभावकारी हुन्छ भन्ने पहिचान गर्नु पनि शिक्षककै जिम्मेवारी हो ।
यस्ता समस्या देखिँदा पनि प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नसक्ने प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको भूमिकामाथि समेत अभिभावकहरूले प्रश्न उठाएका छन् ।

शिक्षकको नियमितता, हाजिरी, कक्षा सञ्चालन, पाठयोजना, गृहकार्य अनुगमन र विद्यार्थीको सिकाइ उपलब्धिबारे नियमित निगरानी हुनुपर्ने उनीहरूको माग छ ।
शिक्षण पेशा केवल तलब बुझ्ने जागिर होइन, विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । त्यसैले अब दोषारोपण र बहानाभन्दा माथि उठेर शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी स्वीकार गरी तत्काल सुधार गर्नुपर्ने अभिभावकहरूको माग छ । विद्यार्थीको भविष्यसँग खेलवाड हुने कुनै पनि प्रकारको लापरबाही अब स्वीकार्य नहुने अभिभावकहरुले स्पष्ट पारेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved