बुलिङटार, नवलपुर । बुलिङटार गाउँपालिका–१, थामबेसीस्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि सहयोगस्वरूप संकलन गरेको रु. ९ हजार १४० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।


बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी भाइबहिनीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो ।


बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्याउने मानवीय अभियानमा विद्यार्थीहरूले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिएको छ ।
यस सहयोग अभियानमा सहभागी भई रकम संकलनमा योगदान पुर्याउने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूप्रति हृदयदेखि हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।






