बौदीकाली १० असोज । कालीगण्डकी नदीमा आएको बाढीले नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–५ मन्दार जोड्ने मोटरेबल पुलको डेढगाउँतर्फको पहुँचमार्ग बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो ।


नदीको तीव्र कटानकाका कारण पुलको पहुँचमार्ग बगेपछि उक्त पुलबाट सवारीसाधन तथा पैदल यात्रुको आवतजावतसमेत बन्द भएको जनाइएको छ ।


बाढीका कारण पुलको पहुँचमार्गमा क्षति पुगेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी पहुँचमार्ग मर्मत तथा वैकल्पिक आवतजावतको व्यवस्था गर्नुपर्ने देखिएको छ ।






