नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेसको १५औँ अधिवेशनबाट यामबहादुर झेडी मगर विजयी हुनुभएको छ ।


अधिवेशनमा कुल १६२ मतमध्ये १५२ मत खसेको थियो। मतदानमा यामबहादुर झेडी मगरले ८५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।


उहाँका प्रतिस्पर्धी मोहन पाटकलले ६७ मत प्राप्त गर्नुभएको थियो। झेडी मगरले प्रतिस्पर्धीलाई १८ मतको अन्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो ।
निर्वाचित यामबहादुर झेडी मगरलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।






