Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ अशोज २३ | मध्यान्ह ०२:०६ बजे

बुलिङटार २३ असाेज । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादित कार्य, प्रगति तथा उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको छ ।

गाउँपालिकाको गाउँसभाहलमा बिहीबार (२०८३ असोज २२ गते) सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित प्रमुख कार्य, प्रगति र उपलब्धिबारे प्रस्तुतीकरण गरिएको थियो ।

arkhala ads

कार्यक्रमको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा मगर, विभिन्न शाखाका प्रमुख, वडा सचिव तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा योजना शाखाका प्रमुख कृष्णराज जोशी, स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठ, शिक्षा शाखाबाट देउबहादुर चितौरे, लेखा शाखाबाट रामबहादुर के.सी., प्राविधिक शाखाबाट रमेश सापकोटा, कृषि शाखाबाट विशाल भट्टराई, जिन्सी शाखाबाट दिनेश रानाभाट, पशु सेवा शाखाबाट राहुल महतो, MIS शाखाबाट नम्रता पराजुली तथा पोषण शाखाबाट देवराज सुनारीले आ–आफ्नो शाखाबाट सम्पादित प्रमुख कार्य, प्रगति तथा उपलब्धिका विषयमा समीक्षा प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसैगरी वडा कार्यालयतर्फबाट वडा नं. १ की वडा सचिव बिना कुमारी शर्मा, वडा नं. २ का वडा सचिव हिमाल पोखरेल, वडा नं. ३ का वडा सचिव विजय थापा, वडा नं. ४ का वडा सचिव गिरीराज वि.क., वडा नं. ५ का वडा सचिव शिवप्रसाद भुसाल र वडा नं. ६ का वडा सचिव जितेन्द्र घर्तीले आ–आफ्नो वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित प्रमुख कार्य तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा लेखा शाखा प्रमुख बाबुरामले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। वडा नं. ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा मगरले वडा तहबाट प्रदान हुँदै आएको सेवा प्रवाह तथा आगामी दिनमा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर थापाले प्रस्तुत वार्षिक प्रगति विवरणमाथि समीक्षा तथा टिप्पणी गर्नुभएको थियो। उहाँले उपलब्धि, समस्या, चुनौती तथा सुधार गर्नुपर्ने विषयलाई आगामी कार्ययोजनामा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन आवश्यक निर्देशन दिनुभयो ।

निर्धारित लक्ष्यअनुसार कार्यसम्पादन गर्दै आगामी आर्थिक वर्षमा अझ प्रभावकारी नतिजा हासिल गर्न सम्पूर्ण शाखा तथा वडा कार्यालयलाई उहाँले निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकामा नयाँ आउनुभएका कर्मचारीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो ।

यसरी आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादित कार्य, प्रगति र उपलब्धिको समीक्षा, मूल्याङ्कन तथा आगामी कार्यदिशाका विषयमा आवश्यक छलफल गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved