नवलपुर २७ असाेज । तनहुँको देवघाट गाउँपालिका–२ खाल्टे र नवलपुरको बुलिङटार गाउँपालिका–१ ढाडबेसी जोड्ने पुल बाढीका कारण क्षतिग्रस्त हुँदा स्थानीयवासीको आवागमन प्रभावित भएको छ ।


दशैँ नजिकिँदै गर्दा पुल क्षतिग्रस्त बनेपछि स्थानीयले आवतजावतमा थप सास्ती खेप्नुपरेको छ ।


बाढीले क्षति पुर्याएको पुलको समस्या समाधान गरी आवागमन सहज बनाउन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासीको अपेक्षा छ। विशेषगरी चाडपर्वको समयमा आवतजावत सहज बनाउन आवश्यक मर्मत तथा पुनःनिर्माणको काम अघि बढाउनु जरुरी देखिन्छ ।
जनताको प्रश्न एउटै छ— नयाँ होस् वा पुरानो नेतृत्व, परिवर्तन भाषणमा मात्र सीमित हुने कि जनताले भोगिरहेको दुःखको समाधान पनि गर्ने ?
तनहुँ राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला हो भने सोही जिल्ला बाट प्रत्यक्ष निर्वाचित अर्थविद् डा. स्वर्णिम वाग्ले हाल अर्थमन्त्रीको जिम्मेवारीमा छन् ।






