बुलिङटार ३० असाेज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मिति २०८३ साल असोज २७ गते बिहान करिब २:३० बजे बुलिङटार गाउँपालिका–१ स्थित एक घरको आँगनमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।


अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा बुलिङटार गाउँपालिका–३ का १८ वर्षीय सन्देश काफ्ले र ए.ए. सिङ्गवा बस्ने २० वर्षीय उज्ज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि यसअघि पनि चोरीसम्बन्धी मुद्दा रहेको पाइएको छ ।
सन्देश काफ्लेमाथि रुपन्देहीको बुटवल तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा चोरीसम्बन्धी मुद्दा रहेको उल्लेख छ। त्यस्तै, उज्ज्वल थापामाथि पनि नवलपुरमै चोरीसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई सम्मानित नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिएका छन् ।






