काठमाडौं २१ असार । आज पछिल्लो २४ घण्टामा थप २,६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २,२११ जना निको भएका छन् । प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् ।
यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले बागमती प्रदेशमा ८५६ सबै भन्दा बदी संक्रमण भएको छ ।



















