काठमाडौँ २३ असार । नेपालमा पछिल्लो २४ घन्टामा २,९७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,३३३ संक्रमित सङ्क्रमणमुक्त भएका छन् ।
यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ पुगेको छ ।
यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



















