चितवन २५ असार । अत्यन्तै पानी परेको कारण नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ ।
नारायणगढ र मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले हवाई यात्रा गर्ने यात्रुको चाप उल्लेख्य रहेको भरतपुर विमानस्थलका सूचना अधिकारी पुस्कलराज शर्माले बताए ।



















