चितवन २६ असार । आज मात्रै चितवनमा ३७ जना कोरोना संक्रमित निको भएका छन् । उपचाररत सक्रिय संक्रमितमध्ये एक हजार ३२३ जना होम आइसोलेसनमा रहेका उनले बताइन्। पब्लिक आइसोलेसनमा २६ जना र अस्पतालका आइसोलेसनमा १०१ जना सक्रिय संक्रमितको उपचार भइरहेको उनले बताइन्।
यसैगरी आज पछिल्लो २४ घण्टामा चितवन जिल्लामा १११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनीमा ६, माडीमा पाँच, रत्ननगरमा ६, राप्तीमा दुई, कालिकामा आठ र इच्छाकामना गाउँपालिकामा एक जना नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।



















