चितवन २८ असार । आज मात्र पछिल्लो २४ घन्टामा चितवन जिल्लामा २११ जना कोरोना संक्रमित थपिएका छन् ।
एकैदिन भरतपुर महानगरपालिमा मात्र १२८ जना संक्रमित थपिएका छन् । भने आज मात्र सोही अवधिमा यहाँ १२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवन जिल्लामा हालसम्म संक्रमितको संख्या १७ हजार ५६८ पुगेको छ । १५ हजार ८३४ जना संक्रमणबाट मुक्त भएका छन् ।



















