काठमाडौं २९ असार । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,०७८ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



















