नवलपुर २ साउन । साउन १ गते देखि मोबाइल खरिदमा आईएमईआई दर्ता अनिवार्य गर्नु पर्ने मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिनुभएको छ
राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उनको भनाइ छ ।



















