काठमाडौं ५ साउन । आज देशभर पछिल्लो २४ घण्टामा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोनामुक्त भए, २५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ ।



















