नवलपुर ७ साउन । पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकहरुको विवरण संकलन अभियान सुरू गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाइ स्थापना गरेर यो अभियान सुरू गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् ।
बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरू गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । बर्दघाटपछि अन्य स्थानीय तहहरुमा क्रमशः सुरू गरिनेछ । हरेक वडामा १ देखि ६ वटा टोलीहरुले १५ दिनसम्म बसेर विवरण संकलन गर्नेछन् । विवरण संकलन गर्न जिल्लामा ४२ वटा टोलीहरु खटाइएका छन् ।



















