काठमाडौँ ७ साउन । आज स्थानीय बजारमा सुनको मूल्य सात सयले घटेको छ । प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । प्रति तोलामा १० रुपैयाँ बढेर आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।



















