काठमाडौं ११ साउन । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रति तोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















