काठमाडौं ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो ।



















