काठमाडौं १२ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भए, २० को मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिनुभएको छ ।



















