नवलपुर १४ साउन । आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण जिल्ला देवचुली नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कावासोती नगरपालिकामा २९ र गैँडाकोट नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । विनयीत्रिवेणी गाउँपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र मध्यविन्दु नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।



















