काठमाडौं १५ साउन ।आज देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भए, २७ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ ।



















