काठमाडौं १७ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोनामुक्त भए, १८ को मृत्यु भएको स्वास्थ तथा जनसंख्याले जानकारी दिनुभएको छ ।



















