नवलपुर १८ साउन । पूर्वी नवलपरासीमा थप साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा ३२ सम्म थप गर्ने निर्णय गरेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने बताइन ।



















