काठमाडौं २४ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर आज पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०२९ जना कोरोनामुक्त भए, ५५ को मृत्यु हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।



















