काठमाडौं २५ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।देशभर आज पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ भने पछिल्लो २४ घण्टामा १,७८४ जना कोरोनामुक्त भए र २२ जनाको को मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।



















