काठमाडौं २९ साउन । नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता गरेको छ ।
सरकारले उक्त उमेर समूहका बालबालिकाका लागि करिब ४० लाख खोप खरिदका लागि सम्झौता गरेको हो । आगामी २०२२ मार्चमा नेपाल आइपुग्नेगरी मोर्डनाको ४० लाख डोज खोप खरिद सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



















