काठमाडौं ३२ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० हजार ८५३ पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा २४५८ जना कोरोनामुक्त भए संगै हल नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।भने ३५ को मृत्यु भए संगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।



















