काठमाडौँ २ भदौ । नेकपा एमाले(समाजवादी)का संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालले एमाले फुटाएर एमाले समाजवादी गठन गरेका हुन।
नयाँ पार्टी दर्ता भएसँगै नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षा थपिएको प्रहरीकाे भनाइ छ । यसअघि नेपाल प्रहरीका दुई र सशस्त्रको गाडीसहितको टोली नेपालको सुरक्षाका लागि खटाइएको थियो ।



















