धन बहादुर सिंजाली
चितवन २ भदौ । जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो । तोकिएको समयबाहेकका अरु समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउँदै प्रवक्ता थापाले प्रशासनको आदेश पालना गर्न सबैसँग आग्रह गरेका छन् ।



















