काठमाडौं ३ भदौ । नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले विधिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुरेको थियो । उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ ।
- को हुन् अष्टलक्ष्मी शाक्य ?
बि.स २०१० मा काठमाडौंमा जन्मिनु भएकी शाक्यले एसएलसी पास गरेपछि २०२९ सालबाट राजनीतिक यात्रा थाल्नु भएको थियो । उहाँ राजनीतिक यात्राका क्रमममा पटक पटक पक्राउ समेत पर्नुभएको थियो । उहाँ पञ्चायतका बिरुद्ध एक दशक भन्दा बढी भूमिगत राजनीतिमा रहनु भएको थियो ।
पछि उहाँ २०५६ सालको निर्वाचनमा पहिलो पटक संसदमा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७१ र ७४ सालमा पनि उहाँ काठमाडौंबाट संसदमा निर्वाचित हुनुभएको थियो । सालको निर्वाचनमा पनि उहाँ प्रदेश संसदमा निर्वाचित हुनु भएको थियो । उहाँ माधव नेपाल पक्षका नेतृको रुपमा चिनिदै आएपनि अन्त्यमा एमाले ओली पक्षमै खुल्न् भएको छ ।



















