चितवन ३ भदौं । आज पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १३९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा ८५ जना, खैरहनी नगरपालिकामा ४ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिमा २७, राप्ती नगरपालिकामा ४ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना थप संक्रमित भएका छन् । सोही अबधिमा ४४ जना लाई संक्रमणबाट मुक्त भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।



















