- धन बहादुर सिंजाली
नवलपुर ४ भदौ । आज नवलपुरमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका वाड-१९ निवासी ३६ वर्षीय पुरुष र गैडाकोट नगरपलिका-५ निवासी ७८ वर्षीय पुरुषको निधन भएको हो । अहिले सम्म नवलपुरमा कोरोनको कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।



















