- धन बहादुर सिंजाली
- काठमाडौं ७ भदौ ।
मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ।
आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन्।



















