- धन बहादुर सिन्जाली
- नवलपुर ७ भदौ ।
आज साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ । तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
फेरि चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















