- धन बहादुर सिंजाली
- नवलपुर ९ भदौ ।
दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हाल नेपालमा कोरोना संक्रमणका संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७८१ जना कोरोनामुक्त भए, ४४ को मृत्यु भएको छ ।



















