- धन बहादुर सिंजाली
- नवलपुर १० भदौ ।
अब तीन दिन सम्म देशभर भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागले जनाएको हो ।



















