- धन बहादुर सिंजाली
- चितवन १० भदौ ।
भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने भएको छ । कार्यालयले विहीवार सुचना जारी गरी कोरोना महामारीका कारण भदौ एक गते देखि बन्द रहेको सो कार्यालय जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी शुक्रवार देखि खुल्ला गर्ने जनाएको हो ।




















