- धन बहादुर सिन्जाली
- नवलपुर ११ भदौ ।
हिजो देखि लगातार पानी परेकोले चितवन नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजै देखि अवरुद्ध भएको सडक अझैसम्म खुलेको छैन ।
निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९ स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । अहिले बाटो खुलाउने प्रयास भैरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।



















