- धन बहादुर सिंजाली
- नवलपुर ११ भदौ ।
पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।
आज ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २४ घन्टामा २,३३७ जना संक्रमणमुक्त भएका छन् ।



















