- धन बहादुर सिंजाली
- नवलपुर १२ भदौ ।
आज २४ घण्टामा देशभर मुलुकभर पछिल्लो १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २२२ जना कोरोनाबाट मुक्त भए संगै निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ । यो २४ घण्टामा २७ को मृत्यु संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।



















