- धन बहादुर सिंजाली
- नवलपुर १३ भदौ ।
लगातार परेको बर्षको कारण पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा ३ दिनदेखि अबरुद्ध पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन् ।
पूर्वी नवलपरासीको गैडाकोटको चार स्थानमा डाईभर्सन भत्किएर शुक्रबार देखि सडक अवरुद्ध भएको हो । भत्किएको डाईभर्सन मध्ये २३ स्मृति पुलमा भत्केको डाईभर्सन अझै खुल्न सकेको छैन् । जिल्ला प्रहरी नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार २३ स्मृति पुलमा भत्केको डाईभर्सन नाघेर पानी बगेको कारण यातायात अवरुद्ध जानकरी दिनु भएको छ ।



















